Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीका सांसदहरुले भने - कांग्रेसबाट निरन्तर विश्वासघात भइरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले कांग्रेससँगको सहकार्य ‘प्राकृतिक’नभएको गुनासो गरेका छन् ।

माओवादी संसदीय दलको बैठकमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु कांग्रेससँगको सहकार्यमाथि प्रश्न उठाएका हुन् ।

उनीहरूले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएको प्रसंग ल्याउँदै दीर्घकालीन रूपमा सहकार्य गर्न कठिन हुने बताए।

बैठकमा बोल्ने सांसदहरुले भने,‘कांग्रेसबाट निरन्तर विश्वासघात भइरहेको छ । यो सहकार्य दीर्घकालीन रूपमा कसरी जान सक्छ ?’

स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा माओवादीको मत कांग्रेस उम्मेदवारलाई गए पनि त्यही अनुपातमा माओवादी उम्मेदवारलाई भोट नआएको उल्लेख गर्दै निर्वाचनमा कांग्रेससँग सहकार्य गर्नु ‘अप्राकृतिक’ हुने उनीहरूले धारणा राखेका छन्।

सांसदहरुले सरकार पूर्ण कार्यकारी भूमिकामा हुन नसक्नुबारे प्रधानमन्त्री प्रचण्डसामु जिज्ञासा राखेका थिए ।

सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानमा न्यायालय ‘सहयोग भूमिकामा नभएको’ केही सांसदहरूले गुनासो गरेका थिए ।

उनीहरूले प्रधाधनमन्त्री दाहाल, उपप्रधाधन तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भ्रष्टाचारविरोधी अभियानलाई नरोक्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077