Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

९ अंकले नेप्से बढ्दा २ अर्ब ५९ करोडको कारोबार

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ९.४४ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २०८५ अंकमा कायम भएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।

अघिल्लो दिन २ अर्ब ४३ करोडको कारोबार भएकोमा यस दिन २ अर्ब ५९ करोडको कारोबार भयो ।

१८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९ को स्थिर रह्यो । उत्पादन र निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत बढे ।

बैंकिङ २, विकास बैंक ३४, फाइनान्स ५, होटल तथा पर्यटन ४०, हाइड्रोपावर २०, जीवनबीमा ७९, उत्पादन ६२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११४ अंक बढे ।

अन्य १० र ब्यापार समूह १५ अंक घटे । समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.४, युनाइटेड अजोडको ७.४, दोर्दीखोलाको ६.९, युनियन हाइड्रोपावरको ५.७, कर्णाली विकास बैंकको ५.६, त्रिशुली जलविद्युतको ४.९ प्रतिशत मूल्य बढ्यो ।

सामलिङ पावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै हिजो १० प्रतिशत मूल्य बढेको नेपाल टेलिकमको मूल्य भने ५ प्रतिशत घटेर प्रतिकित्ता ९०३ रुपैयाँ कायम भयाे ।

अघिल्लो दिन ९५१ रुपैयाँ ५० पैसा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077