Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रिबजेट छलफलबारे माओवादी केन्द्रले सांसदलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

मंगलबारको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077