Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • फिचर फिल्म ‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक

    फिचर फिल्म ‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 855
    SHARES

    काठमाडौं । आर्टमान्डूको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।

    सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्।



    पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन्। फिल्ममा विपीन र मिरुना मुख्य भूमिकामा छन्।

    विपीन र मिरुनासँगै फिल्ममा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकार फाइनल भइसकेका छन्।

    फिल्मलाई निर्देशक नवीन चौहानले निर्देशन गर्नेछन्। पटकथा पनि चौहानकै रहेको छ। फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत निर्देशन गर्नेछन्।

    फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। फिल्ममा अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार