Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमतिमै टीआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी) दलहरूको सहमतिका आधारमा टुङ्ग्याउने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।

मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले टीआरसी विधेयक संसद्बाट अनुमोदन गर्न मुख्य दलहरूसँग सहमति खोज्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अनुमोदन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दल एमाले सकारात्मक भएको जानकारी दिएका थिए ।

माओवादी केन्द्रले प्रतिनिधिसभामा सत्तापक्ष सांसदहरूसँग सहकार्य गरेर प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबारबाट हिउँदे अधिवेशन सुरु भएको छ । संसद्को अर्को बैठक बुधबार बिहान बस्दैछ ।

बैठकको तयारी सम्बन्धमा माओवादीले हिजो र आज दलको बैठक बोलाएको थियो । बैठकमा विपक्षी एमाले, रास्वपा, राप्रपा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077