Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • राष्ट्रियसभाको अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रियसभाको अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 843
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रको पनि दाबी रहने बताएका छन् ।

    संसदीय दलको बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराए।



    तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने प्रचण्डको भनाइ छ ।

    माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो। गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्ने समेत उनले बताए ।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार