Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने एक उद्योग सिल

    म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने एक उद्योग सिल

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 687
    SHARES

    काठमाडौं । म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक उद्योगमा सिल गरिएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।



    उद्योगमा एक्सपायर डेट मेटिने स्प्रिट, डेट रिलेभलिङ गर्ने मेसिन प्रयोग गरी फार्म सिटी ब्राण्डको कर्नफ्लेक्स, चोकोज, ओट्सलगायतमा गलत एक्सपायरी डेट राखिएको पाइएको प्रहरीले जनाएको छ ।



    साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार