Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शान्तिवाटिकाबाट धर्नामा बसेकालाई नगर प्रहरीले हटायो

काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ ।

मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो ।

शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।

यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो ।

माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो ।

तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077