काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।
सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिइसक्न भनेको छ।
यसअघि ‘राजनीतिक भागबण्डा’का आधारमा नियुक्ति हुँदै आएका विश्वविद्यालयका उपकुलपतिका लागि पहिलोपटक खुला विज्ञापन आह्वान भएको हो।
Leave a Reply