Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गर्भवती प्रहरीलाई छुट्टै पोसाक

    गर्भवती प्रहरीलाई छुट्टै पोसाक

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 618
    SHARES

    काठमाडौँ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् ।

    नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् ।



    गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो ।



    पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन । छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो हुने गथ्र्यो ।

    चिकित्सकले सजिला कपडा लगाउन सुझाव दिने गरेको सम्झँदै भुसालले भनिन्, “बस्न, निहुरिन, शौचालय जान र हिँडडुल गर्न सो पोसाकमा गर्भवती प्रहरीका लागि सहज थिएन ।”

    अहिले पाएको पोसाक एकप्रकारले वरदान जस्तै बनेको उनी बताउछिन् । गाउनको डिजाइनको सो पोसाकले लगाउन र काम गर्न सजिलो भएको अनुभव उनी जस्तै गर्भवती प्रहरी बताउछन् ।

    महिला प्रहरी अनिता भुसालका अनुसार पनि हरेक महिना बढ्ने गर्भका कारण आफैँ नयाँ प्रहरी पोसाक सिलाएर लगाउन कठिन थियो ।

    उनले भनिन्, “गर्भवती भएको जानकारी कार्यालयमा गराएपछि सहज हुने कपडा लगाएर आउनु भन्नुहुन्थ्यो, हामी त्यसै गथ्र्यौं ।” अब गर्भवती हुने महिला प्रहरीका लागि पोसाककै कारण अप्ठ्यारा दिन सकिएको उनी सुनाउछिन् ।

    नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोसाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सुरुवाती चरणमा ३७० जना गर्भवती प्रहरीलाई गर्भावस्था अनुकूलको पोसाक दिइएको छ ।

    गर्भवती प्रहरी कर्मचारीलाई पोसाकका कारण काम गर्न गाह्रो भएको विषयलाई नेपाल प्रहरीले गम्भीरतासाथ मनन गरी विदेशको चलनचल्तीको पनि अध्ययन गरेर गर्भवती प्रहरीलाई छुट्टै पोसाक दिनुपर्ने निर्णय भएको हो ।

    यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सक्रियता रहेको बताइएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार