Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्न लागेको हो ।

हिजोबाट सुरु भएको संसद्को अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्याउने गरी सदनमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077