Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरुले हानेर पाण्डेको घटनास्थलमै मृत्यु

गोरखा । गोरुले हानेर गोरखामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गण्डकी गाउँपालिका–४ स्थित खुदीटारका स्थानीय भोजबहादुर पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान करिब पौने ९ बजे गोरुले हानेर पाण्डेको घटनास्थलमै ज्यान गएको थियो ।

प्रहरीलाई बिहान ११ः३० बजे घटनाबारे खबर भएको थियो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077