Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने र दीपेश पुनविरुद्ध कास्की प्रहरीमा जाहेरी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जाहेरी दिएका छन् ।

पीडितहरूले प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछाने, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी दिएका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए ।

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र (जीबी) राईसहित दर्जनौँ व्यक्ति अहिले फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077