काठमाडौं । आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार तोलामा १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६ सय रुपैयाँ घटेर १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १३९५ रुपैयाँ रहेको चाँदी सोमबार १३९० मा झरेको छ ।
Leave a Reply