Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।

सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुनेछ ।

बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले माओवादीले संसदमा खेल्ने भूमिकाको विषयमा ब्रिफिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077