काठमाडौँ । आजदेखि संसद् बैठक सुरु हुँदैछ ।
बैठक अपरान्ह चार बजे बस्न लागेको हो ।
संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।
सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
Leave a Reply