Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानडा र लिग-२ का लागि नेपाली क्रिकेट टोली घोषणा, को-को परे ? [सूचीसहित]

काठमाडौं । घरेलु मैदानमा हुने दुई क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दुई फरक नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले आइतबार फेब्रुअरी ८ देखि १२ सम्म हुने क्यानडाविरुद्धको शृंखलाका लागि र त्यसपछि फेब्रुअरी १५ देखि २४ सम्म हुने लिग–२ शृंखलाका लागि दुई फरक टिमको घोषणा गरेको हो ।

क्यानडासँगको सिरिजमा आकाश चन्दले मौका पाएका छन् भने गुलशन झा टोली बाहिर परेका छन्। यसैगरी बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुवै सिरिजमा टोलीमा परेका छन्।

आकाश चन्दले यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तान विरुद्ध ५ विकेट लिएका थिए। गुलशनले भने यू(१९ विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ भने लिग( २ मा नेपालले १५ फेब्रुअरीदेखि २४ सम्म खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077