Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावकलाई भुल्न नहुने बताएका छन् ।

    आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिलाई आफ्नो नेतृत्वबारे अन्यौलमा नबस्न सुझाव दिए ।



    आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिनाइ हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ।



    प्रधानमन्त्री प्रचण्डले भने,’जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक सङ्घर्ष गर्‍यो, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिवद्ध गर्‍यो, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ ।’

    प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपमा पहिचान र अधिकार नरूचाउने शक्तिहरूमा आबद्ध हुने तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभाषबाट माथि उठ्न सल्लाह दिए ।

    प्रधानमन्त्री प्रचण्डले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको वर्तमान संविधान कसरी रक्षा गर्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार