कपिलवस्तु । प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगर रहेकी छन् ।
उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेशसहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ती महिलाले झोलामा ९ वटा पोका बनाएर नरेश भारत लैजाँदै गरेकी थिइन् ।
Leave a Reply