Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको ‘देशव्यापी दबाब अभियान’ आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘देशव्यापी दबाब अभियान’सुरु गर्दैछ ।

आगामी चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट बिहान साढे १० बने उद्घाटन गर्न लागेका हुन् ।

अभियानमा सम्पूर्ण पार्टी पदाधिकारी र सांसदहरूलाई उपस्थिति हुन निर्देशन दिइएको छ ।

भोलिदेखि संसद्को हिउदे अधिवेशन सुरु हुने भएकाले संसद् नभएको दिन मात्रै यो अभियान चल्नेछ ।

रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको बताइएको छ ।

सिन्धुपाल्चोक–काठमाडौं दबाव यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077