Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्रीले भने - रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ

उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योगका कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

उनले रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रष्ट पारे । उनले धेरै ठूलो चुनढुङ्गाको खानी सुरक्षित रहेको उदयपुर सिमेन्ट उद्योगलाई अपग्रेड गरी उत्पादन क्षमतालाई बढाएर नाफामा लैजानसक्नु पर्ने बताए ।

कर्मचारीमा अनुशासन र लगनशीलता हुनुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले उद्योगको रोपवे महत्त्वपूर्ण पूर्वाधार भएकोले यसको भरपुर उपयोग हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077