Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्रीले भने – रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ

    उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्रीले भने – रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 618
    SHARES

    उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    शनिबार उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योगका कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।



    उनले रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रष्ट पारे । उनले धेरै ठूलो चुनढुङ्गाको खानी सुरक्षित रहेको उदयपुर सिमेन्ट उद्योगलाई अपग्रेड गरी उत्पादन क्षमतालाई बढाएर नाफामा लैजानसक्नु पर्ने बताए ।



    कर्मचारीमा अनुशासन र लगनशीलता हुनुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले उद्योगको रोपवे महत्त्वपूर्ण पूर्वाधार भएकोले यसको भरपुर उपयोग हुनु आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार