Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अबदेखि बजेट बनाउने तरिका बदल्छौँ, अर्थतन्त्र सही बाटोमा अगाडि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

    अबदेखि बजेट बनाउने तरिका बदल्छौँ, अर्थतन्त्र सही बाटोमा अगाडि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन् ।

    शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले प्रभावकारी कार्यान्वयनका निम्ति अब सरकारले बजेट बनाउने तरिका बदल्ने बताए ।



    आउँदो जेठमा आउने आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा तीन करोड रुपैयाँभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भइसकेको उनले जानकारी दिए ।



    मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको भन्दै उनले पछिल्लो समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार