Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अबदेखि बजेट बनाउने तरिका बदल्छौँ, अर्थतन्त्र सही बाटोमा अगाडि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन् ।

शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले प्रभावकारी कार्यान्वयनका निम्ति अब सरकारले बजेट बनाउने तरिका बदल्ने बताए ।

आउँदो जेठमा आउने आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा तीन करोड रुपैयाँभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भइसकेको उनले जानकारी दिए ।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको भन्दै उनले पछिल्लो समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077