Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा राम्ररी अनुसन्धान गरे अधिकांश नेता जेल पर्ने रवि लामिछानेको दावी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गरे अधिकांश नेता जेल पर्ने दावी गरेका छन्।

अर्घाखाँचीको सन्धिखर्कमा पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे।

सभापति लामिछानेले भने,‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु।’

पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको सभापति लामिछानेको भनाई छ ।

अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए ।

अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुंदा पुरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077