Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल र बोलेरो जीप ठोक्किँदा एक जनाको मृत्यु

दाङ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ सिसहनीयामा मोटरसाइकल र बोलेरो जीप ठोक्किएका छन् ।

रोल्पाबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो जीप र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकल शुक्रबार राती आपसमा ठोक्किएका हुन् ।

सो पश्चात मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनीयाले जनाएको छ ।

मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077