Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना हुन्छ : शंकर पोखरेल

धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाईभन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको बताएका छन् ।

एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा महासचिव पोखरेल यस्तो बताएका हुन् ।

उनले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना हुने गरेको बताए । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने उनले बताए ।

राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077