Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चौरपाटीका १३ विद्यालयलाई ४ लाख बराबरको खेलकुद सामग्री बाडिँदै

अछाम । चौरपाटी गाउँपालिकाको खेलकुद विकास समितिले १३ वटा विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्ने भएको छ । खेलकुद क्षेत्रको विकासका लागि सो समितिले विभिन्न खेलकुदका सामग्री सहयोग गरेको हो ।

पालिकाको खेलकुद विकास समितिका अनुसार करिब चार लाख बराबरका खेलकुद सामग्री १३ वटा विद्यालयलाई सहयोग गरिन लागिएको हो ।

शुक्रबार पहिलो दिन चारवटा विद्यालयलाई समितिका अध्यक्ष तुल बहादुर साउँद लगायतको टोलीले खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।

बाँकी विद्यालयमा आइतबार खेलकुद सामग्री हस्तान्तरण गरिने बताइएको छ । समितिका अनुसार गाउँपालिकाभित्रका माध्यमिक र निम्न माध्यमिक विद्यालयलाई खेलकुद सामग्री सहयोग गरिनेछ ।

प्रत्येक विद्यालयलाई भलिबल, नेट, नेट स्टिक, नेट पट्टि, पम्प, क्रिकेट ब्याट, क्रिकेट बल लगायतका सामग्री सहयोग गरिएको खेलकुद विकास समितिले जनाएको छ । सो खेलकुद सामग्रीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

यस्तै गत साल जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १०औँ स्थानमा आएको पालिका यो वर्ष भने चौथौ स्थानमा फड्को मार्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077