काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको भारतविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।
ओपनिङ जोडीले ४८ रनको पार्टनरसीप गरेपछि ओपनर दीपक बोहारा १३.२ ओभरमा आउट भएका हुन् ।
उनले ४२ बलमा २२ रन बनाए । यस क्रममा उनले तीनवटा चौका प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।
Leave a Reply