काठमाडौं । नेपाली कांग्रेसका सांसदहरु संसद अधिवेशन चल्दासम्म उपत्यका बाहिर जान नपाउने भएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो ।
यदि छोड्नै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निर्णय भएको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यसैगरी कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ ।
बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको पनि कांग्रेस नेता लेखकले बताए ।