Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साहारा सहकारी पीडितलाई उजुरी दिन चितवन प्रहरीको आग्रह

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले साहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन सार्वजनिक सूचना जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक सूचना जारी गर्दै १५ दिन भित्र पीडितहरुले उजुरी दिन अनुरोध गरेको हो ।

भरतपुर महानगरपालिका-३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी, सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको कसुरमा जाहेरी आउने क्रम जारी रहेको भन्दै प्रहरीले उजुरी दिन छुटेका निक्षेपकर्तालाई १५ दिन भित्र उजुरी दिन भनेको छ।

प्रहरीले सहकारीका पदाधिकारी तथा व्यवस्थापक विरुद्धको ठगी कसुरमा अनुसन्धान भैरहेको जनाएको छ ।सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) बचतकर्ताको ८५ करोड रकम हिनामिना गरी फरार भएका छन् ।

उक्त सहकारीबाट राईले अर्को संस्थालाई ४१ करोड रूपैयाँ बिनाधितो ऋण दिएको भेटिएको छ । उनी आफैंले एक करोड ७३ लाख चार हजार ६९१ रूपैयाँ गैरकानुनी रुपमा झिकेका छन् ।

जीवी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिइएको प्रहरीले जनाएको छ ।

बचत डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएर रकम पाउनुपर्ने भन्दै संर्घष गर्दै आएका छन् । जिल्ला अदालत चितवनले गत असोज २९ गते जीबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077