काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको छ ।
साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।