Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट युवकको मृत्यु

मकवानपुर । मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको हो ।

बिहीबार बेलुका करिब ७ बजेर ४० मिनेटमा मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना७ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्र.०६ ००१प४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा बिहीबारै बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077