Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

    अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।



    जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।



    सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो ।

    जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

    तर, प्रहरीले सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन ।

    प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो । यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार