Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा झण्डै ३१ अंकको गिरावट, चार अर्बमा झर्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ३०.९२ अंकले घटेको छ ।

नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको हो ।

बुधबार २१ अंकले घटेको नेप्से बिहीबार पनि उच्च अंकले ओरालो लागेको हो । बिहीबार ८० हजार २९ वटा कारोबारबाट ३ सय ९ वटा कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ ।

उक्त किनबेचबाट ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढेपनि २ सय २६ वटा कम्पनीको घट्यो ।

बाँकी कम्पनीको सेयर मूल्य स्थिर छ । यो सँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077