Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीमा एमटीको एसएसपी पद प्रशासनतर्फमा लगियो, बढुवाका लागि मारामार

काठमाडौं । नेपाल प्रहरीको सवारी महाशाखा (एमटी) तर्फको रिक्त एसएसपी पदमा प्रशासनतर्फका एसपीको बढुवा हुने भएका छन् ।

एसएसपी बढुवाका लागि एमटीका एसपीको योग्यता नपुगेपछि प्रशासनतर्फ लगेर बढुवा गर्न लागिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार यससम्बन्धि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) भइसकेको छ ।

हाल डिएसपीबाट एसपी बढुवामा देखिएको समस्या समाधान गर्न प्राविधिक पदलाई अस्थायी रुपमा प्रशासनतर्फ लैजान लागिएको हो ।

जसमा बढुवाका लागि आधा दर्जन एसपीहरु लागेको स्रोत बताउँछ । वरियताका आधारमा विमल बस्नेत, श्यामकृष्ण अधिकारी अगाडि छन् ।

त्यस्तै, हिराबहादुर पाण्डे, रबिन्द्र रेग्मी, नान्तीराज गुरुङ, कृष्ण प्रसाई लगायत दौडधुपमा लागेका छन् ।

बस्नेत यसअघि घुसकाण्डमा कारबाहीमा परेकाले उनको सम्भावना न्यून छ । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका विवादास्पद श्यामकृष्ण सबैभन्दा धेरै चलखेलमा लागेका छन् ।

त्यस्तै, प्रहरी ब्यान्डतर्फको एसपी पदलाई पनि प्रशासनतर्फ लगेर त्यसमा बढुवा गर्नेबारे छलफल भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । हाल एसपीका ८ पद रिक्त छन् । जसमा १२ डिएसपी प्रतिस्पर्धामा छन् ।

दुई थप थपेर १० जनाको बढुवा गर्ने गृह मन्त्रालय र प्रहरी नेतृत्वको तयारी छ । आगामी साता एसएसपी र एसपीमा बढुवा तथा एसपी र डिएसपीको व्यापक सरुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077