Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा पद्धतिलाई युगानुकूल परिस्करण गर्दै लैजानुपर्ने बताएका छन् ।

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताए ।

विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा यही यथार्थलाई आत्मसात गर्दै विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधारसहित नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुहुनेछ भन्ने मेरो अपेक्षा छ,’ उनले भने ।

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077