काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित निकालेको छ ।
गएराति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो ।
लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अंकको अग्रता बनाएको छ ।
लिभरपुलले २२ खेलमा ५१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
Leave a Reply