Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १५ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

निगमले माघ १८ गते विहान १ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य १५ रुपैयाँ बढाएको हो ।

मूल्य वृद्धिसँगै प्रतिसिलिन्डर ग्यासको मूल्य १८ सय ९५ रुपैयाँबाट बढेर १९ सय १० रुपैयाँ पुगेको छ ।

यस्तै निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँ बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077