काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे गठित छानबिन समितले प्रतिवेदन बुझाएको छ ।
सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
सो समितिले असई प्रकाश चौधरीलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुईजनालाई विभागीय कारबाही गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ ।
उक्त चेकजाँच गर्ने ठाउँमा खटिएका ती असई चौधरीले राम्ररी कमान्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको समितिको ठहर छ ।
साथै अध्यागन विभागका अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ ।
उनी प्रहरीले चेकजाँच गर्दा कुटपिटमा उत्रिएका थिए । शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत मोक्तान यसअघि पनि पटक–पटक विवादमा परेका अधिकृत हुन् ।
Leave a Reply