Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • आईसीसी यू-१९ विश्वकप

    नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

    नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 615
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ।

    दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो।



    बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके। ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले उनले १०० बल खेल्दा ६ चौका प्रहार गरे।



    खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ‌ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो। ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए।

    आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए। लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे।

    त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए।

    देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३-३ रनमा आउट भएका थिए। यस्तै आकास चन्द पनि शून्यमै पेभिलियन फर्के।

    अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे। नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको रुपमा आउट हुनुअघि ९ रन बनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार