Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दार रानाको मृत्यु

चितवन । अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।

चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो।

रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए।

मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए।

प्रहरी सहायक हवल्दार रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यही उनको निधन भएको हो ।

मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन्। अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077