Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको दुर्घटनामा निधन

चितवन । वागमती प्रदेशका पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता बलराम पौडेलको सडक दुर्घटनामा परी निधन भएको छ ।

पौडेलको बुधबार नवलपरासी गैंडाकोटमा भएको दुर्घटनामा परेर निधन भएको हो ।

पौडेलले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।

चितवन भरतपुर महानगरपालिक-१७ का पौडेल नेपाली कांग्रेस चितवनका पुराना नेता हुन् ।

उनी वाग्मती प्रदेश सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077