भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् ।
कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Leave a Reply