Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कानूनमन्त्री गुरुङले भने – तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन

    कानूनमन्त्री गुरुङले भने – तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 630
    SHARES

    बुटवल । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् ।

    नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कानूनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने बताउने गरेको भए पनि नेपाली कांग्रेसका उपसभापति समेत रहेका कानूनमन्त्री गुरुङले अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको बताए ।



    उनले अहिले मन्त्री फेरबदल गर्ने अवस्थामा कांग्रेस र सरकार दुवै नरहेको बताए।

    कानूनमन्त्री गुरुङले भने,‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद् ठीक छ भन्ने सबैको भनाइ छ,त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन । बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’

    तत्कालीन माओवादी सशस्त्र युद्ध र अन्य आन्दोलनसँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी सरकार क्रियाशील रहेको पनि उनले बताए ।

    हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार