Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्रीले प्रचण्डले भने – कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन्

    प्रधानमन्त्रीले प्रचण्डले भने – कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन्

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्न नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

    कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले युवाहरूलाई कृषिमा ल्याएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए।



    प्रधानमन्त्रीले प्रचण्डले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।’



    उनले प्राध्यापक कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने बताए। प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने धारणा राखे।

    उनले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए।

    प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार