सुनसरी । सुनसरीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।
जिल्लाको इनरुवा-८ गणेशपुर टोलका चिबु सदाले घरायसी विवादको क्रममा बाबु ७० वर्षीय चिलिया रिसीदेव सदालाई यही माघ ११ गते कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका चिलियाको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार फरार रहेका २१ वर्षीय सदालाई सोमबार नै बराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरिएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।