Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा भुसालको कार्यकाल तीन महिना थपियो

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राडा शिवलाल भुसाललाई थप तीन महिना नियुक्त गरेको छ ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उनको कार्यकाल सकिन लागेको तर नयाँ नियक्ति प्रक्रिया नटुंगिएकाले सरकारले नयाँ व्यवस्था नभएसम्मको लागि भन्दै भुसालको कार्यकाल तीन महिना थपेको हो ।

१६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077