Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाका चारजना कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै नेपाली सेनाका चारजना कर्मचारीलाई कारबाही गर्न मानव अधिकार आयोगले सिफारिस गरेको छ ।

आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो ।

कारबाहीको सिफारिसमा पर्नेहरुमा सेनानी कृष्णमुरारी न्यौपाने, सेनानी सुरत रावल, सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दीनेश थापा रहेका छन् ।

यस्तै मानव अधिकार उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस पर्नेहरुमा सबैभन्दा बढी नेपाल प्रहरीका कर्मचारीहरु छन् । आयोगका अनुसार एसएसपीदेखि ३२ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077