Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्रीसँग बेलायतका सेना प्रमुखको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग बेलायतका सेना प्रमुखको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 612
    SHARES

    काठमाडौं। बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

    माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् ।



    भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले बताए ।



    दुई देशबिचको पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको उनले बताए ।

    भेटमा नेपालका सेना प्रमुख स्याण्डर्ससँग बेलायती राजदूत रब फेन पनि सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार