Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • संसद सुरू हुनेबित्तिकै धेरै विधेयकहरू दर्ता गरौं : प्रधानमन्त्री प्रचण्ड

    संसद सुरू हुनेबित्तिकै धेरै विधेयकहरू दर्ता गरौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 468
    SHARES

    काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेश दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।

    माघ २२ गतेबाट प्रारम्भ हुने संसदमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर छलफल गरेका हुन्।



    अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए।



    मन्त्रालयलाई निर्देशित गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि बिजनेश दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्।’

    प्रधानमन्त्री प्रचण्डले संसद सुरू हुने बित्तिकै धेरै भन्दा धेरै विधेयकहरू दर्ता गर्ने गरि तयारी गर्न आग्रह गरे।

    छलफलमा मुख्यसचिव डा.बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार