Online Nepal
  • शनिबार, २० पुष २०८१
  • यस्तो छ विमानस्थलमा प्रहरीसँग झगडा गर्ने शाखा अधिकृत छायालालको बिगत

    यस्तो छ विमानस्थलमा प्रहरीसँग झगडा गर्ने शाखा अधिकृत छायालालको बिगत

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 46.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तान यसअघि पनि बारम्बार विवाद आउने गरेको खुलेको छ ।

    शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत मोक्तान यसअघि पनि पटक–पटक विवादमा परेका अधिकृत भएको खुलेको हो ।



    यसअघि विमानस्थलमै उनले अन्य निकायसँग झगडा गरेको विमानस्थल स्रोतले बतायो ।



    मोक्तानले विभिन्न मितिमा पास शाखामा कार्यरत नारायण कोईरालासँग ‘म अध्यागमनको अधिकृत हुँ, मलाई पास नदिने’ भन्दै झगडा र गाली गलौज गर्ने गरेको विमानस्थल स्रोतले बतायो ।

    गत २६ पुसमा टर्मिनल ड्युटी अफिसर गोपाल घिमिरेमाथि समेत मोक्तानले कुटपिट गरेका थिए । डिपार्चर कक्षमा यात्रुहरूको भिड भएको विषयमा कुरा गर्न जाँदा सुरुमा हात हालेको र पछि माफी मागेका थिए ।

    त्यसअघि पास शाखाका कार्यरत कर्मचारी नारायण कोइरालासँग उनको झगडा भएको थियो । शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा उनले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो ।

    त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो ।

    कर्मचारीहरूले भने प्रहरीले कुटेको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा छानबिन समिति बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार